डेनीको छोरा रिनजिङको फिल्म ‘स्क्वाड’ कात्तिक २६ मा रिलिज हुँदै

मुम्बई - नेपाली मुलका भारतीय बलिउड अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपाको डेब्यु फिल्म ‘स्क्वाड’ तिहार लगत्तै रिलिज हुने भएको छ । ओटिटी प्लेटफर्म जि फाइभमा रिलिज हुन लागेको फिल्म नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते रिलिज हुने भएको हो ।
निलेश सहायको निर्देशन रहेको फिल्ममा रिनजिङ र मालविका राजको मुख्य अभिनय रहेको छ । राष्ट्रभक्तिको विषय समेटिएको फिल्ममा पूजा बत्राको पनि अभिनय रहेको छ । एक्सन विधाको फिल्ममा एक्सनका लागि निर्माण टिमले विदेशी स्टन्ट कोअर्डिनटर प्रयोग गरेको बताइएको छ ।
समाचारअनुसार फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले यो फिल्मको स्टन्ट डिजाइन गरेका हुन् । छायांकनका लागि भने निर्माण टिमले जेम्स बन्ड सिरिजको ‘क्वान्टम अफ सोलेस’ र ‘क्लास अफ टाइटन्स’का छायाँकारले सहायक छायाँकारको रुपमा काम गरेका छन् ।
डेनीका एक मात्र छोरा रिनजिङ टाइगार श्राफका जिम तथा डान्स पार्टनर हुन् । निर्देशक निलेश महामारीका कारण फिल्म सक्न झन्झट भएको भए पनि कुनै सम्झौता नभएको दाबी गरेका छन् । उनले ‘स्क्वाड’ भारतको एक्सन फिल्ममा कोसेढुंगा हुने पनि दाबी गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया