एमालेका कारण सदनको काम-कारबाही रोकियो भन्ने प्रचार निरर्थक : नेम्वाङ
काठमाडौँ - नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरूको विरोधकाबीच एक सेकेण्ड पनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका छन् । शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेका कारण सदनको काम कारबाही रोकियो भन्ने प्रचार निरर्थक रहेको बताए । एमालेका कारणले एक सेकेण्डपनि सदनको कामकारबाही नरोकिएको उनले दाेहोर्याए ।
नेम्वाङले सरकारले नै कुनै विधेयक नल्याएर सदनका कामविहीन बनाएको आरोप लगाए। उनले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्को भाच्न नसकेको तर्क गरे। नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्यव्यवस्थामा पनि एमालेसँग कुनै छलफल नै नभएको जिकिर गरे।
नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राखे । नेम्वाङले सदनमा पेश भएका विधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टोबाटोमा हिडेको तर्क गरे ।
उनले अहिले मुलुक एमालेमय भएको भन्दै ढुक्क भएर जनताको माझ जान सांसदहरूलाई सुझाव दिए। बैठकमा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने अनुपस्थित थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया