माधव नेपाल र दाहालमा लेण्डुप दोर्जेको मानसिकता रहेको ओलीको आरोप
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूनेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेपछि सरकार ढाल्ने खेल सुरु भएको बताएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
आफ्नो सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर देशको नक्सा जारी गरेपछि आफूविरुद्ध पुष्पकमल दाहाल र माधव नेपालले नेपाली कांग्रेससँग मिलेर विदेशीसँग साँठगाँठ सुरु गरेको ओलीको जिकिर छ ।
उनले दाहाल र नेपालमा सिक्किमका लेण्डुप दोर्जेको मानसिकता रहेकोसमेत आरोप लगाए । ‘जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो, कलेजो, फोक्सो फुत्त बाहिरि निस्कियो । नक्सा जारी गरेर केपी ओलीले भारतसँग सम्बन्ध बिगार्यो भने,’ ओलीले भने, ‘हाम्रो जमिन छाडेर भारतसँग सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरू लेण्डुप दोर्जे मानसिकताका हुन् । उनीहरू कम्फर्टेबल सरकार बनाउँछौ भन्दै भारतसामु लम्पसार परे ।’

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

प्रतिक्रिया