‘प्रधानन्याायधीश राणाले राजीनामा दिनुको विकल्प छैन’

काठमाडौँ - नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरुले मार्गप्रशस्त गर्न भनेको उनले बताए । त्यस्तै उनले आफूहरुले न्यायालयको स्वतन्त्रता, निश्पक्षता, पारदर्शीता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको जिकिर गरे । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि धारणा राखे । उनले न्यायाधीश नियुक्तीको सन्दर्भमा पनि आफूहरुले ‘डे–वान’देखि कुरा उठाएको पनि बताए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया