माओवादी र जसपाबीच एकता गर्न दाहालको प्रस्ताव

मलंगवा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच पार्टी एकताको प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीको सदमुकाम मलंगवामा आयोजित शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।
जसपानिकट रामेश्वरप्रसाद यादव नेतृत्वको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन माओवादीमा समाहित भएको कार्यक्रममा बोल्दै दाहालले शिक्षक फेडेरेसनमात्र होइन सिंगो जसपा नै माओवादी मिसाउन आह्वान गरेका हुन् । ‘घ्यू कहाँ पोखियो थालमा । अब ढिलो नगरी पार्टी एकता गरौं । क्षेत्रीय पार्टीबाट मधेसी जनताको नि हित हुँदैन, पाहाडी जनताको पनि विकास हुँदैन । जसपासँग गठबन्धन त गरेका छौं । अब पार्टी नै एक बनाऔं । मधेसी जनतालाई चाहिले सम्मान र अधिकार दिन कन्जुस्याइँ गर्ने छैनौं,’ दाहालले भने, ‘पार्टी एकता घोषणा सभा जनकपुरमै गरौं ।’
माओवादी र जसपा मिल्दा मधेसमा बहुमत आउने दाहालको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट फर्किएपछि नागरिकतासम्बन्धी कामलाई सरकारको पहिलो प्राथमिकतामा राखिने दाहालले बताए । ‘सबै प्राविधिक कुरा भन्दिनँ । हेर्नुहोला, प्रधानमन्त्री विदेशबाट फर्किएपछि नागरिकता ऐनसम्बन्धी कामलाई पहिलो प्राथमिकतामा राखेर गरिनेछ,’ उनले भने ।

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया