दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई

पोखरा - पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन् ।
शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी चौथो भएको छ ।
नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगिता ९ महिनाअघिदेखि सुरु भएको हो । प्रतियोगिताको विजेताले २० लाख नगदसहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन् । उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन् ।
उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गरे । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका छन् ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया