इग्ल्यान्डकाे लगातार तेस्रो जित, अष्ट्रेलिया ८ विकेटले पराजित

काठमाडौं - इग्ल्यान्डले आइसीसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर-१२ को समूह-१ मा रहेको इग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो ।
इग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए । यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो ।
अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए । इग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
इग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।
सुपर-१२ को समूह-१ मा इग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ।
यसअघि शनिबारै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि चार विकेटको जित हात पारेको थियो । जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_ocMdvvkpft_l8vkmtl2fy9rt17qjui3ayz51cn3uj77af96yym6air9w9lxx1ynmqfoujen.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया