प्रधानन्यायाधीशविरुद्ध आजदेखि नेपाल बारको चरणबद्ध आन्दोलन
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज (आइतबार) देखि सर्वोच्च अदालत परिसरमै विरोध कार्यक्रम गर्ने भएको छ । बारले आजदेखि सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोध गर्ने बारका केन्द्रीय सदस्य प्रकाश महर्जनले जानकारी दिए ।
उनकाअनुसार बारले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने उनले बताए ।
शुक्रबार बसेको बारको बैठकले प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यस्तै तिहारअघिका चार दिन कालोपट्टी बाँधेर विरोध जनाउने, हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने निर्णय उक्त बैठकले गरेको थियो । दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गरिने महर्जनले जानकारी दिए । बारले राणाले राजीनामा नदिउन्जेल आन्दोलन जारी राख्ने पनि भनेको छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया