‘द भ्वाइस किड्स’ कार्तिक २६ देखि टिभीमा

काठमाडौँ- ६ वर्षदेखि १४ वर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी सो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रसारण हुने भएको छ ।
यो सो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टिभी एचडीमा प्रसारण हुनेछ ।
‘द भ्वाइस अफ नेपाल र डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो चर्चित रियालिटी सो प्रशारण गरिसकेको हिमालय टिभीले अर्को महत्वकांक्षी रियालिटी सो दर्शकमाझ प्रसारण गर्न लागेको हो ।
यो सोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो सो २० भाग प्रसारण हुनेछ । ‘ब्लाइन्ड अडिसन’पछि ब्याटल राउन्ड प्रसारण हुनेछ । अहिले ब्याटल राउन्डको छायांकन भैरहेको छ ।
सोका निर्देशक लक्ष्मण पौडेलले आफूहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरूको विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए ।
यो सोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया