सर्वोच्च परिसरमा प्रधानन्यायाधीश जबराकाे पक्ष र विपक्षमा प्रदर्शन

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान’, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने ब्यानरसहित नेपाल बारको नेतृत्वमा सर्वोच्च अदालत बार एसोसिएसन, विभिन्न कानुन व्यवसायी संघसंस्थाले संयुक्त रूपमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल बारले १७ कात्तिकसम्म प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन अल्टिमेटम दिएका छन् । यदि सो समयभित्र राजीनामा आए नआए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
प्रधानन्यायाधीश जबराको पक्षमासमेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर इजलास सुनुवाइ गर्नुपर्ने माग राख्दै कानुन र विधिसम्मत् अदालतको विकृति हटाउनुपर्ने, माइट इज राइट होइन, रुल अफ लअनुसार चल्नुपर्ने, अदालत पनि सुध्रिनु पर्ने, न्यायाधीशहरू पनि इजलासमा फर्किनुपर्ने मागसहित कालो र सेतो दुइटै पट्टी बाँधेर प्रदर्शन गरेको कानुन व्यवसायी भूमिनन्द चुँडालले बताए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया