मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

रामसीताकाे कारण नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध भनेको हो: राजेन्द्र महतो

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । 

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको बिदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताएका हुन् । उनले नेपाल भारतबिचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गरे । 

राम र सीता बिचको सम्बन्ध रामायणकालिन भएकै कारणले आफुहरुले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उनले बताए । वरिष्ठ नेता महतोले सीता बिना सम्पुर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए । 

उनले मिथिलाको कला क्षेत्र पौराणिक काल देखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताए । मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासको लागि खेलिरहेको भुमिका महत्वपुर्ण रहेको उनको भनाइ छ ।