शिव श्रेष्ठलाई नफापेको महामारी

काठमाडौँ- भुवन केसीले महानायकको असली हकदार शिव श्रेष्ठ भएको दाबी गरे पनि बक्स अफिसले भने उनको स्टार पावरमा खासै भरोसा देखाएन । महामारीपछि उनका दुई फिल्म रिलिज भए तर दुवै फिल्मले न्युनतम दर्शक पनि पाएनन् ।
पहिलो महामारीपछि शिव श्रेष्ठले हल खुलाउने निर्णयको नेतृत्व मात्र लिएनन्, फिल्म उद्योगलाई चलायमान बनाउने भन्दै उनले आफूले निर्माण गरेको ‘एउटा यस्तो प्रेम कहानी’ पनि रिलिज गरे । तर, सुटिङ नै पूरा नगरी हलमा लागेको फिल्मलाई दर्शकले पत्याउने कुरै थिएन । पत्याएनन् पनि ।
महामारीपछि दर्शक हलमा बोलाउने चुनौती कायम नै छ । त्यही कारण आफ्नो फिल्मले उद्योग नै परिवर्तन गर्छ भनेर गफ दिने फिल्मकर्मीले पनि फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेका छैनन् । तर पनि मारामार दर्शक नआए पनि धेरथोर दर्शक शिव श्रेष्ठ सम्झेर नै आउनु पर्ने थियो । आएनन् ।
संयोगवश दोस्रो चरणको महामारीपछि पनि हलमा लाग्ने फिल्म शिव श्रेष्ठकै पर्यो । तर यो पटक फिल्म चलाउने जिम्मेवारी शिव श्रेष्ठ एक्लैले बोक्नु परेको थिएन । ‘डाँडाको बरपिपल’नामको यो फिल्मका निर्देशक शोभित बस्नेत आफैँ बिकाउ नाम थिए भने फिल्ममा गौरी मल्ल, सलोन बस्नेत र अतिथि भूमिकामा भुवन केसी पनि थिए ।
अझ रिलिजको समयमा महानायक विवाद उचालिएपछि त विवादले नै सही फिल्मलाई फाइदा पुग्ने अनुमान थियो । तर यस पटक भने दर्शकले शिव श्रेष्ठको फिल्मलाई दर्शकले पत्याएनन् । दर्शक नपाएरै फिल्म हलमा हप्ता दिन पनि टिक्न सकेन । अरु बेला दर्शकले शिव श्रेष्ठको भरोसा गरेकै हुन् तर महामारीमा भने शिव श्रेष्ठलाई दर्शकले पत्याएनन् । समग्रमा भने शिवलाई महामारी फापेको देखिएन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया