इलाममा ‘स्रष्टा पार्क’ निर्माण

इलाम - इलामको विकासमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तित्वको सम्मानमा इलाम नगरपालिकामा स्रष्टा पार्क निर्माण गरिएको छ । कला, साहित्य, राजनीति, पत्रकारिता, खेलकुदका माध्यबाट इलामको विकासमा योगदान गर्नेको सम्मानमा पार्क निर्माण गरिएको हो । पार्कमा उनीहरूको नामाकंन गरिएको छ ।
‘इलाम नगरपालिकालाई अहिलेको अवस्थामा ल्याउनका लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिको सम्मानका लागि पार्क निर्माण गरिएको हो’, इलाम नगरपालिका प्रमुख महेश बस्नेतले भने । इलाम नगरपालिकाले १९ लाख ५९ हजार रूपैयाँको लगानीमा पार्क निर्माण गरेको हो ।
नगरपालिकाले इलाम बजारनजिकैको खोल्सीलाई व्यवस्थापन गरेर विभिन्न संरचना बनाइरहेको छ । सोही क्षेत्रमा पार्क निर्माण गरिएको हो । खोल्सी व्यवस्थापन भएको क्षेत्रमा मोटरसाइकल पार्किङ भवन, कभर्ड हल, तरकारी बजार निर्माण गरिएको छ ।
यस्तै पशुबजार, आँखा अस्पताल निर्माणाधीन छन् । पार्कमा चिकित्सक र नर्सको सम्मानको लागि चिकित्सक र नर्सको प्रतिमासमेत स्थापना गरिएको छ । पार्कको प्रवेशद्वारमा इन्टरलकिङ टायल, परिसरमा नाली, सिँडी, रेलिङ, बगैँचा निर्माण भएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया