नन्कुन्नी र निर्मला मृत्यु प्रकरणबारे छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ - बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरण छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो ।
‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौं । स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर बुझाएकोमा समितिलाई धन्यवाद,’ प्रतिवदन बुझ्दै खाणले भने । बाँकेको जानकी गाउँपालिका- २ नेवाजीकी नकुन्नी धोबीको घटनामा रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर माताप्रसाद धोबीले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको प्रतिवेदमा उल्लेख छ ।
दुवै अभियुक्तउपर जिल्ला अदालत बाँकेमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएकोमा भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको मुद्दा विचाराधिन रहेको पनि प्रतिवेदनमा उल्लेख छ । कुर्मीमाथि भएको घटना चार विगाह १० कट्ठा जग्गा हडप्ने नियतले भएको छानबिन समितिले जनाएको छ ।
समितिमा प्रहरी उपरीक्षक रामप्रकाश साह, उप-अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य छन् ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया