नेकपा केन्द्रीय समिति बैठक भोलि

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्गलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको विघटन तथा पार्टीको आगामी कदमबारे निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस जनादेश र जनभावना विपरीत रहेको ठहर गर्दै सोको विरोध गर्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, 'पार्टी स्थायी कमिटीको बैठक जारी रहेको र संसद् अधिवेशन बोलाउनुपर्ने बेलामा सो कदमले देश, जनता र पार्टीको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।'
पार्टी अन्तरिम विधानको दफा ५६ अनुसार अध्यक्ष ओलीमाथि अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय पनि गरिएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, 'प्रधानमन्त्रीको कदम संविधान र लोकतन्त्र पक्षधरका लागि स्वीकार्य हुन सक्दैन । त्यसकारण हाम्रो पार्टीले यस्तो कदमविरुद्ध राजनीतिक उपचार खोज्नेछ ।' बैठकले पार्टीका नेता तथा कार्यकर्ता एवं पार्टी पङ्क्तिलाई लोकतन्त्रलाई कमजोर पार्ने सबै प्रकारका गतिविधिका विरुद्धमा एकताबद्ध भई विरोधमा उत्रन एवं पार्टी र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि उभिन आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै स्थायी कमिटीको बैठकले संसद्भित्र र बाहिरका सबै राजनीतिक दल, नागरिक समाज एवं लोकतन्त्र पक्षधर सम्पूर्ण शक्ति र जनसुदायलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा एकताबद्ध भएर उभिन आग्रह गरेको छ । बैठकले स्थायी कमिटीका रिक्त सदस्यमा पूर्वसभामुख कृष्णबहादुर महरालाई मनोनयन गरी आवश्यक निर्णयका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय पनि गरेको छ । बैठकमा स्थायी कमिटीका कूल ४५ सदस्यमध्ये आमन्त्रित दुईसहित ३१ जनाको सहभागिता थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया