अबुधाबी डायलगको छैठौँ मन्त्रीस्तरीय बैठकमा श्रम मन्त्री श्रेष्ठले राखेका यी हुन् पाँच धारणा
दुबई- अबुधाबी डायलगको छैठौँ मन्त्रीस्तरीय बैठक सकिएको छ । बैठकमा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा टोली अबुधाबी गएको थियो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पाँच वटा विषयहरूमा आफ्नो धारणा राखेका थिए । वैदेशिक रोजगारीमा गइ स्वदेश फर्केका कामदारहरूलाई स्वदेशमा नै पुनःएकीकरण गर्न सहयोग गर्ने, स्वच्छ रुपमा कामदार भर्ना प्रकृया सुनिश्चित गर्न कामदार पठाउने मुलुक र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने, आप्रवासी श्रमिकहरूको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने, आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरूलाई उपयुक्त काममा मात्र लगाउने र कामदारको न्यूनतम तलवमान बढाउने विषयमा ध्यान दिने मन्त्री श्रेष्ठले धारणा राखेका थिए ।
मन्त्री श्रेष्ठले आगामी २ वर्षको लागि अध्यक्ष राष्ट्रको जिम्मेवारी लिएको मित्रराष्ट्र पाकिस्तानलाई बधाइ दिँदै अध्यक्ष राष्ट्रले अबुधाबी डायलगमा उठाउने विषयमा समर्थन गर्ने र अन्य सदस्य राष्ट्रहरूबीच निरन्तर सहकार्य गर्ने कुरा व्यक्त गरे । सो अवसरमा उनले संयुक्त अरव इमिरेट्सका माननीय मानव संशाधन तथा इमिरिटाइजेशन मन्त्रीसँग शिष्टाचार भेट गरी द्विपक्षीय श्रम सम्बन्धमा विविध विषयहरूमा छलफल गरे । सो बैठकमा श्रीमान् सचिव सूर्यप्रसाद गौतमबाट मित्रराष्ट्र कतार, साउदी अरेबिया र मलेसिया सरकारका समकक्षीहरूसँग द्विपक्षीय श्रम सम्झौताका विषयहरूमा मैत्रिपूर्ण छलफल गरे ।
बैठकमा मन्त्री श्रेष्ठ, सचिव गौतम र उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए भने नेपाली राजदूतावास अबुधाबीबाट राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सेलर निर्मला थापाले सहभागिता जनाएका थिए ।

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

प्रतिक्रिया