मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै
काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची छ । प्रदेश १ सभाको बैठक साढे १२ बजे बस्दैछ ।
मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।
आज बस्ने बैठकमा विश्वासको मत लिन कस्सिएका मुख्मन्त्री आचार्यले विश्वासको मत नपाउने भने लगभग निश्चितजस्तै छ । ९२ सदस्यीय प्रदेशसभा विश्वासको मत पाउन ४७ जनाको समर्थन आवश्यक पर्छ । तर, एमालेसँग ४१ सासद मात्रै छन् । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित भएपछि विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ ।
प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेकाे राप्रपा मौन छ ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया