जनतामाझ गरेका वाचा पूरा गरेरै छोड्छौँ : मन्त्री पौडेल

काठमाडौँ - शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनतामाझ गरेका वाचा पूरा गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आफू जनताको समृद्धिकै पक्षमा रहेको बताए । राजनीतिक उथलपथलबीच शिक्षा मन्त्रालयको जिम्मेवारी पाएको बताउँदै मन्त्री पौडेलले जनताको बीचमा गरेका वाचा पूरा हुने चरणमा रहेको बताए ।
'राजनीतिक उथलपुथलका बेला मन्त्रालयको जिम्मेवारी पाएको छु । जनताबीच गरेका वाचा पूरा हुन्छन्,' उनले भने, 'बुर्तिबाङदेखि ढोरपाटनसम्मको बाटोलाई ६४ करोड रकम बिनियोजन भएको छ । तिहारपछि काम हुन्छ । बाटो पिच गर्ने, पुल बनाउने कुरा र विद्यालय बनाउने कुरामा गम्भीर रूपमा लागेको छु । बागलुङको क्षेत्र नम्बर २ मा डाक्टर नआउने, औषधिको समस्या छ, स्वास्थ्यमन्त्रीसँग कुरा गरेको छु, भौतिक संरचनालगायका विषय बनाउने कुरामा प्रतिबद्ध छु । मन्त्री हुने कुरा मुख्य होइन । म जनताको सिपाही हु ।'

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया