संसदीय समितिमा खतिवडाविरुद्ध तीनवटा उजुरी

काठमाडौं : पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाविरुद्ध संसदीय समितिमा तीनवटा उजुरी परेका छन् । संसदीय सुनुवाई समितिमा खतिवडाविरुद्ध तीनवटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका नयाँ राजदूत नियुक्तिका लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव संसदको संसदीय सुनुवाई समितिमा पुगेपछि दश दिनको म्याद राख्दै असोज २१ मा उजुरी गर्न आह्वान भएको थियो ।
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीहरुमाथि समितिले सोमबारदेखि अध्ययन थालेको हो । खतिवडाविरुद्ध तीनवटा उजुरी परेपछि समितिले उजुरीकर्तालाई थप प्रमाणसहित १७ गते उपस्थित हुन आग्रह गर्ने भएको छ ।
त्यस्तै, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको समितिले जनाएको छ ।

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

प्रतिनिधिसभाको बैठक, बजेट माथी छलफल जारी रहने

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

प्रतिक्रिया