नेपाली खेलकूदको अभिलेखीकरण गरिने

काठमाडौं : नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो ।
नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताए । खेलकूदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उहाँको भनाइ थियो । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको काम अघि बढाइएको र अरू काम पनि साथासाथै अघि बढाइने श्रेष्ठले बताए ।
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आइओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । उक्त परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
खेलकूदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकूदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०-२०२१ सुरु भएको हो । सो कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गत मार्चमा सम्झौता भएको थियो । रासस

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया