मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रस्तावको सूचना मुख्यमन्त्री पाण्डेले प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् ।
यही कात्तिक १६ गते विश्वासको मत लिने तयारी गरेका पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको समय नमिलेपछि तिहारपछि विश्वासको मत लिने लागेका हुन् । बागमती प्रदेशको ५९ सांसदहरूको समर्थनमा बहुमत पुर्याउन सक्ने दाबीसहित पाण्डे मुख्यमन्त्रीमा कात्तिक ११ गते नियुक्त भएका थिए ।
कात्तिक २२ गते विश्वासको मतको प्रक्रिया सुरु भएर सोही दिन टुंगाउने तयारी भएको सरकारका प्रवक्ता कृष्ण खनालले जानकारी दिए । उनकाअनुसार विश्वासको मत पाएसँगै प्रदेशको मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ । बागमती प्रदेशमा अहिले ८ मन्त्रालय रहेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया