एन आई सी एशियाले सार्वजनिक गर्यो त्रैमासको वित्तीय विवरण

काठमाडौँ- एन आई सी एशिया बैंक लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिन्छ । यस बैंकले आ.व. २०७८/७९ को पहिलो त्रैमासिक व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पुर्याउन सफल भएको छ ।
साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन ३११.४५ अर्ब पुर्याउन बैंक सफल भएको छ बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. १.१८ अर्ब आर्जन गर्न सफल भएको छ, जुन अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।
यसैगरी बैंकको स्व-पुँजी प्रतिफल (आरओइ) २१.३९ प्रतिशत रहेको छ । यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ३९.६५ आर्जन गर्न बैंक सफल भएको छ ।जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।
कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया