सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छः कार्यवाहक प्रधानमन्त्री खाण

काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन् । आज (सोमबार) गृह मन्त्रालयमा विश्व ओमकार महासंघको ज्ञापन पत्र बुझ्दै सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
‘हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ । सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ कार्यवाहक प्रधानमन्त्री खाणले भने । उनले सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनु पर्ने बताए । वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सद्भाव खल्बलिने बताउँदै खाणले धार्मिक र सामाजिक सद्भाव कायम राख्न विभेदको अन्त्य गरिनुपर्ने बताए ।
महासंघका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेलसहितले कार्यवाहक प्रधानमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा चितवनको भरतपुर महानगरपालिका-४ मा ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भएको विषयमा केही अवाञ्छित व्यक्तिहरूले दुर्गा मन्दिरलाई जोडी जातीय विभेद र छुवाछुतको कारणले हत्या भएको भन्ने गलत र भ्रामक कुरा बाहिर ल्याएर जातीय द्वन्द्व मच्चाउन लागेकोमा महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
ज्ञापन पत्रमा महासंघको सक्रियता तथा नवदुर्गा मन्दिर व्यवस्थापन समितिको संयोजनमा कात्तिक ११ गते सर्वजातीय पूजा आयोजना गरिएको र त्यो पूजामा दलित तथा गैरदलितहरूको उल्लेख्य सहभागिता हुँदा सामाजिक सन्देश दिन सफल भएको उल्लेख छ ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया