‘एभेन्जर एन्डगेम’लाई उछिन्दै ‘नो टाइम टु डाई’ बन्यो बेलायतमा कुस्त कमाउने पाँचौँ फिल्म

लन्डन- जेम्स बन्ड सिरिजको २५ औँ फिल्म ‘नो टाइम टु डाई’ मार्भलको ‘एभेन्जर एन्ड गेम’लाई बेलायतमा सर्वाधिक कमाउने फिल्मको ५ औँ स्थानमा उक्लिएको छ । डेनियल क्रेग बन्डको रुपमा अन्तिम पटक देखिएको फिल्मले बेलायतमा मात्र ८ करोड ५० लाख अमेरिकी डलर कमाइ गरेको हो ।
महामारीको समयमा रिलिज भएको यो फिल्मले ‘एभेन्जर एन्डगेम’को रेकर्ड ब्रेक गर्नुलाई ठूलो उपलब्धि मानिएको छ । योसँगै ‘नो टाइम टु डाई’ ‘स्काईफल’ र ‘स्पेक्ट्र’को लिस्टमा सामेल भएको छ ।
‘नो टाइम टु डाई’ले विश्व बजारबाट भने ६० करोड अमेरिकी डलर कमाइ गरेको छ । फिल्मले चीनबाट मात्र २ करोड २८ लाख अमेरिकी डलर कमाई गरेको आंकडा छ । फिल्मले समीक्षकबाट तारिफ भेटेको थियो । कतिपय समीक्षकले त यसलाई ५ मा ५ रेटिङ दिएका थिए । डेनियल क्रेगको बिदाइका लागि यो फिल्म उपयुक्त रहेको पनि धेरैको टिप्पणी थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया