अवैध सुनसहित काठमाडौंबाट एक जना पक्राउ
काठमाडौँ – अवैध सुनसहित प्रहरीले एक जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामौना नगरपालिका– ६ घर भई हाल काठमाडौं मित्रनगरस्थित होटल परेली डिलक्समा बस्ने ३५ वर्षीय बसन्त लम्साल रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई अवैध रूपमा ल्याएको ३ सय ग्राम तौलको ६ थान सुनजस्तो देखिने पहेँलो धातुको बालासहित पक्राउ गरेको हो । बुद्धमार्गस्थित सडकमा जाँच गर्नेक्रममा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई उक्त धातुसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया