अवैध लागूऔषधसहित दुई युवक पक्राउ
सिन्धुली – अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ बस्ने २५ वर्षीय मनोजकुमार कुर्मी र सर्लाही बागमती नगरपालिका–११ बस्ने २३ वर्षीय डेनिस बानिया रहेका छन् ।
सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८९०४ नम्बरको हायस गाडीमा सवार कुर्मी र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज ७४३९ नम्बरको गाडीमा सवार बानियालाई प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट पक्राउ गरेको हो ।
उक्त सडकस्थित प्रहरी चेक पोष्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा कुर्मीलाई ४१ ग्राम ३ सय ९० मिलिग्राम अवैध लागूऔषध गाँजा र १ सय एमएलको २ बोतल लागूऔषधजस्तो देखिने कोडिवेल लेखिएको झोल पदार्थ र बानियालाई १ सय एमएलका २ बोतल विनसिरेक्स लेखिएको लागूऔषधजस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया