नेपाल-भारतमैत्री संघद्वारा बाढीपिडितलाई राहत वितरण

धनगढी - नेपाल–भारतमैत्री संघ केन्द्रीय कार्यालयले कञ्चनपुरका बाढीपिडितलाई राहत वितरण गरेको छ । असोज ३१ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षाले प्रभावित भएका १ सय ७४ परिवारलाई राहत प्रदान गरिएको संघका उपाध्यक्ष हरि शंकर ठाकुरले बताए ।
उनकाअनुसार बाढीले क्षति पुगेका घर परिवारलाई चामल, दाल, नून र तेल सहयोग गरिएको छ । बाढी प्रभावितहरूलाई राहत वितरणको लागि केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झा, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर, महासंघका सचिव बोधकृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी र कञ्चनपुर शाखाका अध्यक्ष दुर्गा बोहराको उपस्थिति रहेको थियो ।
संघले मंगलबार (भोलि) नै बाढी प्रभावित क्षेत्र टीकापुर ,बर्दिया र गुलरियामासमेत राहत वितरणको कार्यक्रम रहेको जनाएको छ ।

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

कौरा संरक्षण गर्न प्रतियोगिता

प्रतिक्रिया