बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

संविधान अनुसार संसद्‍ जिवित छ : जनार्दन शर्मा

फाइल तस्बिर

काठमाडौं : सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद्‍ जिवित रहेको बताएका छन् । प्रधानमन्त्रीसमेतर रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्‍ विघटन गरेर चुनावको मिति तोके पनि शर्मा भने संविधान अनुसार संसद्‍ जिवित रहेको बताउँछन् ।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा शर्माले लेखेका छन् 'संविधान अनुसार संसद जिवित नै छ ।' नेकपाभित्रकव विवादका कारण ओली संसद्‍ विघटन गर्नसम्‍म पुगे । संसद् विघटन गरेप्रति नेकपाका कार्यकारी अध्यक्ष पष्पकमल दाहाल, माधवकुमार नेपाल समूहले भने विरोध गरिरहेका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले संविधानमा प्रतिनिधिसभा विघटन गर्ने कुनै उपाय वा विकल्प नरहेको बताउँछन् । संविधानको धारा ८५ मा अगावै विघटन भएको अवस्थामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्‍ने उल्लेख छ । उनका अनुसार दुर्भाग्य प्रतिनिधिसभा विघटनको सिफारिसपत्रमा संविधानको ७६ को उपधारा (१), (७) धारा धारा ८५ उल्लेख छ । जुन धारा प्रयोग भएको छ, त्यो सरकारले विश्वास मत प्राप्त गर्न सकेन र अर्को सरकार बन्‍न सकेन भने त्यतिखेर विघटन हुने भन्‍ने हो । संविधानको स्थिति र सिफारिसमा उल्लेखित धाराबीच मेल खाँदैन । पूर्ण बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी के का निम्ति चुनाव गर्छु भन्‍ने हो ।