उपत्यकामा २३८८ सहित २४ घण्टामा थपिए ३७९० नयाँ संक्रमित

काठमाडौंः पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा यति संख्यामा संक्रमित थिपएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा उपत्यकामा दुई हजार ३ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा दुई हजार ८ भक्तपुरमा ९९ र ललितपुरमा दुई सय ८१ नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । जसमध्य ४० हजार सात सय ७८ जना सक्रिय संक्रमित रहेको र बाँकी निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिडबाट मृत्यु हुनेको संख्या सात सय ५७ पुगेको छ ।
अहिले १३ हजार आठ सय ५१ जना कोभिड संक्रमितहरु संस्थागत र २६ हजार नौँ सय २७ जना संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या चार हजार ४ सय ७० जना रहेको मन्त्रालयले जनाएको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

प्रतिक्रिया