मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

न्यायलयप्रति जनताको विश्वास घट्योः डा. कोइराला

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले न्यायलयप्रति जनताको विश्‍वास घटेको बताएका छन् । मानवअधिकार तथा  शान्ति समाजले आज (मंगलबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा आएका कुराहरुले गर्दा न्यायलयप्रति जनताको विश्‍वास घटेको बताएका हुन् । 

उनले अहिले उठेका विषयप्रति प्रधान्यायाधीशले विवेक पुर्‍याएर निकासको बाटो खोज्नुपर्ने बताए । उनले भने, 'न्यायपालिकाको प्रमुख उहाँ नै हो त्यसैले न्यायलयको गरिमा र मर्म जोगाउने जिम्मा पनि उहाँकै हो ।' कोइरालाले सबै कुरा देखेर पनि प्रधानन्यायधीश विवेकहीन बन्न नहुने बताए । 

कार्यक्रमा श्रवण  मुकारुङ, प्रा डा बेनिमधव ढकाल, राम रिझन यादव, राम बहादुर पहाडी, रत्ननिधि रेग्मी, रामेश्वरी पन्त, प्रतिसरा मानन्धर, बिना थिङ तामाङ, मनु विक, मेनका पोखरेल, देवकी तिमल्सिना, सुदेश सत्याल लगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा श्रष्टाहरुलाई सम्मान पनि गरिएको थियो।