ओलीद्वारा माडीस्थित राम मन्दिरको दर्शन

चितवन -नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवम् दर्शन गरेका छन् । ओलीले मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा गरेका हुन् । माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलो पटक ओलीले स्थलगत अवलोकन गरेका हुन् । अयोध्याधाममा ओलीलाई स्थानीयहरूले पुष्पगुच्छा र मालाले स्वागत गरेका छन् ।
दुईदिने विभिन्न कार्यक्रममा सहभागी हुन ओली सोमबार चितवन आएका हुन् । प्रधानमन्त्री भएका बेला ओलीले यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गराएका थिए । वैशाख ८ गते राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।
माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र हो । दाहालले भने ओलीले आफूलाई प्रहार गर्नकै लागि माडीमा राम मन्दिर बनाएर मूर्ति स्थापना गर्न लगाएको आरोप लगाएका छन् । एमालेको १० औं महाधिवेशन चितवनमा हुँदैछ । ओलीले महाधिवेशन आयोजना स्थलको पनि अवलोकन गरेका छन् । सोमबार चितवन पुगेका ओली मंगलबार (आज) काठमाडौं फर्किंदै छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया