ओलीले बोलाएको बैठकमा भट्ट गए थापा गएनन्

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सांसद्हरुसँग गरेको छलफलमा गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित भएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा थापा नगएका हुन् ।
ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कार्यकारी पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएका थिए । तर थापाले भने दिएनन् । त्यसपछि थापा ओली निकट रहेको अड्कलबाजी सुरु भएको थियो । पूर्व माओवादीतर्फका लेखराज भट्ट र छक्कबहादुर लामा बैठकमा सहभागी छन् । त्यसोत पूर्वमाओवादीका हरिबोल गजुरेल पनि आफु दुवै पक्षको बैठकमा सहभागी नहुने बताउँदै आएका छन् । ओलीले आज बिहान आफु निकट केन्द्रीयहरुलाई बोलाएर छलफल गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया