अलमुताइरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किए
काठमाडौँ - अब्दुल्लाह अलमुताइरी नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् । मंगलबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा अलमुताइरीले एन्फासंग सोमबारदेखि नयाँ सम्झौता गरेको र सम्झौता सन् २०२४ को अन्तिमसम्म रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले आगामी योजना समेत सावर्जनिक गरेका छन् । विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको उनले बताए ।
उनले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफुले बनाएको योजना अनुसार खेलाडी घाइते भएको खण्डमा आफुलाई दबाव हुने र हाफ इन्जिन खेलाडी आफुलाई नचाहिने बताए । उनले आफुहरु फुटबलको विकासका लागि लागिपरेको बताउँदै सबैले फुटबलको विकासमा केन्द्रित हुन आग्रह गरे ।
अलमुताइरीले खेलाडी र टिमको मनोबल उच्च हुने किसिमले समाचार संम्प्रेषण गर्नका लागि संचारकर्मीलाई आग्रह गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया