काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

काठमाडौँ - काठमाडौं जिल्लामा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्नका लागि समयसीमा तोकेको हो ।
तिहारका बेला पटका, आतसबाजीजस्ता विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थ उत्पादन, ओसार पोसार, विक्री वितरण तथा प्रयोग नगर्नसमेत प्रशासनले आह्वान गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै मादक पदार्थ सेवन नगरी सभ्य र शान्तिपूर्ण तरिकाले देउसी भैलो खेल्न प्रशासनले आग्रह गरेको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया