भगवान रामको जन्मभूमि माडीको अयाेध्यापुरी नै रहेको ओलीको दाबी
'भारतको अयोध्यापुरीको वास्तविक नाम फैजावाद'

चितवन- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै रहेको दाबी गरेका छन् । चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् ।
गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिएर विवादमा तानिएका ओलीले फेरि सोही अभिव्यक्ति दोहोर्याएका हुन् ।रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकिर गरे । उनले माडी नै राम जन्मभूमि भएको भनेर पुष्टि हुने वाल्मिकी आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया