भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्यो

भारत- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ ।
यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थांत हाल सक्रिय सङ्क्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो ।
यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ । सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन् ।
भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाखभन्दा बढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया