कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि राष्ट्रसंघले भन्यो- खोप सबैलाई दिइयोस्

संयुक्त राष्ट्रसंघ- विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो ।त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– विश्वका धनी भनिएका देशहरूले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरूले पूर्ण खोप लिएका छन् ।
'उहाँले यो संसारकै लागि लाजमर्दो अवस्था हो' उनले भने । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरूले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए । महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरूलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे ।
महासचिव गुटेर्रेसले भने 'म विश्वका धनी देशहरूलाई यो आग्रह गर्दछु कि खोप यो महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पुर्याउन सकियोस् ।' 'अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था छ' उनले भने ।
अहिले यो खोप धनी देश र मध्यमबर्गीय देशहरूमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे ।
यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया