१५ प्रतिशतसम्म बढ्यो भाइ मसलाको भाउ

काठमाडौँ- तिहारमा प्रयोग हुने अधिकांश वस्तुको बजार मूल्य आकाशिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइको लागि टिका पश्चात दिने भाइमसलाको भाउ गत वर्षभन्दा १५ प्रतिशत बढी वृद्धि भएको पाइएको छ । तिहारमा मूख्य रूपमा प्रयोग हुने भाइमसला, चिनी , घ्यू , तेल, फलफूल लगायतका वस्तुको मूल्य उल्लेख्य वृद्धि भएकाले यसपालिको तिहार उपभोक्ताको लागि अत्याधिक महंगो हुने भएको हो । तिहारमा प्रयोग हुने मसलाको किनबेचको समयमा भाउ बढ्दा उपभोक्ता मारमा परेका छन् ।
व्यापारीहरूको मिलेमताेले चाडपर्व आउँदा तथा केही अभाव देखिनासाथ भाउ बढाउने गरेको छन् । कोभिडले बल्ल उठ्न थालेको अर्थतन्त्रमा पर्याप्त अनुगमन नहुँदा व्यापारीहरूले आफूखुसी मूल्य राखेर मौकामा चौका हान्ने प्रवृतिले उपभोक्ता मारमा पर्ने गरेका छन् ।
सबै कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट आयात गर्नुपर्ने बजारमा अनुगमनको जिम्मा पाएको वाणिज्य विभागले बजार अनुगमन प्रभावकारी नबनाउँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।
खुद्रा व्यापार संघको थोकलाई दोष
नेपाल खुद्रा व्यापार संघका अनुसार थोक व्यापारीले अनेक बाहानामा चाडपर्वमा भाउ बढाउने गरेको व्यापार संघको भनाई छ । तिहारमा प्रयोग हुने काजु, छोकडा लगायतको भाउ अत्यधिक बढेको बताउँछन् । खुद्रा व्यापार संघ पूर्व अध्यक्ष पवित्रमान बज्राचार्य थोक व्यापारीले अनेक बाहानाले भाउ बढाउने गरेको बताउँछन् । काजुको भाउ हाल प्रतिकेजी १६ सय देखि १८ सयसम्म पुगेको छ गत वर्ष यसको कारोबार १४ सय देखि १५ सय सम्म रहेको बज्राचार्य बताउँछन् । गत वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतसम्म भाउ बढेको बज्राचार्य बताउँछन् ।
थोक व्यापार संघ भन्छ भाउ बढेको छैन्
उता नेपाल थोक व्यापारसंघ भने सुनिए जस्तो मूल्यवृद्धि नभएको बताउँछन् । बजारमा सुनिए जस्तो मूल्यवृद्धि नभएको थोक व्यापारसंघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् । सामान्य रूपमा केही मूल्यवृद्धि त भएको छ तर बजारमा हल्ला फिजाएजस्तो मूल्यवृद्धि नभएको श्रेष्ठ बताउँछन् । हाल सामुद्रिक मार्गमा तथा ढुवानीमा भएको मूल्यवृद्धिले बजार ८ देखि १० प्रतिशतसम्म बढ्नु भनेको सामान्य नै हो तर बजारमा बढि नै हल्लाले पनि मूल्य तल माथि हुने गरेको श्रेष्ठ बताउँछन् ।
व्यापारीको मिलेमतोलमा बढ्यो मूल्य
नेपालमा हुने गरेको मूल्यवृद्धिमा थोक तथा खुद्रा दुवैले एक अर्कालाई दोष देखाएर मूल्य बढाउने गरेको उपभोक्ताकर्मीहरू बताउँछन् । व्यापारीहरू एकअर्काप्रति दोषाराेपण गरेर उपभोक्ताको ढाड सेक्ने गरेको उपभोक्ताकर्मी प्रेमलाल महर्जन बताउँछन् । चाडपर्व आउनासाथ एक अर्का माथि दोष लगाउँदै खाद्य वस्तुको मूल्य बढाउने गरेको महर्जन बताउँछन् । तिहारमा पनि व्यापारीहरूले भाइमसला तथा फलफूलको मूल्य बढाएका छन् अन्तराष्ट्रिय बजारको दोष देखाएर नेपालमा मूल्य बढाउने सजिलो उपाय निकालेको महर्जन बताउँछन् । कतिपय व्यापारीले सामान लुकाएर समेत भाउ बढाउने गरेको उपभोक्तावादीको आरोप रहेको छ ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया