एमालेनिकट कानुन व्यवसायीभित्र लफडा, उपाध्यक्षको विज्ञप्तिलाई अध्यक्षको काउन्टर

काठमाडौँ - नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुनेगरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन् ।
उनले संगठनका उपाध्यक्ष श्रेष्ठले आफू का।वा। अध्यक्ष उल्लेख गरी जारी गरेको विज्ञप्तिमा गम्भीर ध्यानार्कषण जनाएका छन् । संगठनको अध्यक्षको जिम्मेवारीमा आफू रहेको र संस्थागत निर्णय विना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको उनले उल्लेख गरेका छन् ।
साथै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउने वर्तमान आन्दोलनमा बार एशोसिएसनले गरेको संस्थागत निर्णयको पक्षमा संगठन अडिग रहेको पनि स्पष्ट पारेका छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया