वितरक र प्रदर्शकबीच सेयरको कुरा नमिलेपछि ‘सूर्यवंशी’को प्रदर्शन अन्यौलमा

मुम्बई - भोलि शुक्रबारबाट बलिउड फिल्म ‘सूर्यवंशी’ भारतमा रिलिज हुँदैछ । ‘सूर्यवंशी’ कोभिडको दुवै लहरपछि प्रदर्शनमा आउन लागेको सबैभन्दा ठूलो फिल्म मानिएको छ । त्यसैले भारतका केही राज्यमा ५० प्रतिशत अकुपेन्सीको नियम रहँदा रहँदै पनि फिल्मले १५ देखि २० करोडको ओपनिङ गर्ने अनुमान गरिएको छ ।
फिल्मको तीन चार दिन पहिले नै एडभान्स बुकिङ खुलेको छ र फिल्मको एडभान्स बुकिङ ४० प्रतिशत रहेको समाचार आइरहेका छन् । यसैले पनि फिल्मले राम्रो व्यापार गर्ने अनुमानलाई बल पुर्याइरहेको छ । तर भारतका तीन ठूला मल्टिप्लेक्सले भने एडभान्स बुकिङ खोलेका छैनन् ।
भारतका तीन ठूला मल्टिप्लेक्स चेन पिभिआर, इनोक्स र सिनेपोलिसले भने एडभान्स बुकिङ मात्र रोकेका छैनन्, यी मल्टिप्लेक्स चेनमा फिल्म लाग्ने नलाग्ने नै सस्पेन्स बनेको छ । वितरक रिलायन्स इन्टरटेनमेन्ट र यी मल्टिप्लेक्सबीच सेयरको कुरालाई लिएर विवाद नसुल्झिएपछि ‘सूर्यवंशी’को प्रदर्शन अन्यौलमा परेको हो ।
समाचारअनुसार वितरक रिलायन्सले पहिलो हप्ता मल्टिप्लेक्सबाट ६० प्रतिशत सेयर माग गरेको थियो । बाँकी वितरक राजी भए पनि माथि उल्लेखित तीन मल्टिप्लेक्स चेन भने रिलायन्सलाई ६० प्रतिशत दिन तयार भएनन् । उनीहरूले ५२ प्रतिशतभन्दा बढी सेयर दिन नसक्ने अडान राखेपछि भारतमा अहिले ती मल्टिप्लेक्समा फिल्मको एडभान्स बुकिङ खुलेको छैन ।
मल्टिप्लेक्सले ‘सूर्यवंशी’लाई ६० प्रतिशत दिन कुनै समस्या नभए पनि यो एउटा उदाहरणको रुपमा रहने र यो साल रिलिज हुने बाँकी फिल्मले पनि यति नै प्रतिशत माग्ने डर रहेको बताउँदै ‘सूर्यवंशी’को हकमा मात्र यो नियम लागू गर्न नसकिने बताउँदै आएका छन् ।
त्योबाहेक प्रदर्शनले आफूहरूले कमाउनलाई हलबाहेक विकल्प नभएको तर निर्मातासँगै ओटिटी र स्याटालाइट अधिकार बेच्ने विकल्प पनि रहेकाले आफूहरूलाई धेरै नचेप्न पनि उनीहरूले आग्रह गरेका छन् ।
रिलायन्स सम्बद्ध स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेका समाचारअनुसार रिलायन्सले यो नियम डिसेम्बरमा प्रदर्शन हुन लागेको ‘८३’का लागि पनि लागू गर्न चाहेको छ । उसले हरेकचोटि प्रदर्शकसँग लड्न नसक्ने जनाउँदै एकैपल्ट यो कुरा सल्ट्याउन चाहेको छ । यसैबीच मल्टिप्लेक्स र ‘सूर्यवंशी’बीच भर्चुअल प्रिन्टिङ कस्ट (भीपीएफ) आधा आधा गर्ने सहमतिमा भने हस्ताक्षर भएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया