रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौं - रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्ययलाई निर्वाचन आयोगले स्वीकार गरेको हो । मिश्रले विधानसमेत संशोधन गरेर केन्द्रीय समिति हरेफेर गरेका थिए, जुन विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठककाअनुसार आयोगले बुधबार पत्र पठाएर विवरण अद्यावधिकबारे जानकारी गराएको हो । मिलन पाण्डे समूहले भने यो निर्णय अस्वीकार गरेको छ ।
विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई मात्र दिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया