‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट

काठमाडौं : मोहन राई निर्देशित फिल्म ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्म एसियन सेलेक्टअन्तर्गत दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको हो । नेटप्याक एसियाका २९ देशका फिल्मकर्मीको साझा संगठन हो । नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म कोलकातामा हुने फेस्टिभलको यो २६ औं संस्करण हो ।
‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यु फिल्म हो । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म ।
तीन वर्षअघि घोषणा भए पनि फिल्म बल्ल तयार भएको हो । मेहनत गरेर काम गर्दा गर्दै समय लागेको निर्देशक राईले बताए । ‘केही हाम्रै कारणले पनि ढिला भयो । अनि अलिकति चैं मेनुकाजी (मेनुका प्रधान)को इन्जुरीले पनि दुःख दियो । ढिला भए पनि दुरुस्त आएका छौं,’ राईले भने ।
फिल्ममा एक रातको कथा समेटिएको छ । ‘एउटा दुर्घटनाले दुई अपरिचित भेट हुन्छन् र बाध्यताले एक रात सँगै गुजार्छन् । बिहान आ-आफ्नो बाटो लाग्नुअघि रातको समयमा देखिने काठमाडौं, फिल्मको कथा हो,’ राईले भने । फिल्ममा कर्मा, मेनुका प्रधान, जीवन बराल आदि कलाकारको अभिनय रहेको छ ।
निर्देशक राईले विदेशका अन्य फेस्टिभलमा पनि फिल्म पठाइरहेको र फेस्टिभल चाहारेपछि मात्र नेपाल रिलिजको बारेमा सोच्ने बताए । महामारीका कारण विश्वका धेरै फिल्म फेस्टिभल झैं यो फेस्टिभल पनि भर्चुअल नै हुनेछ ।

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

प्रतिक्रिया