महाधिवेशन समयमै गर्ने जिम्मा मेरो हैन निर्वाचन समितिको हातमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताएका छन ।
शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभई निर्वाचन समितिको हातमा रहेको बताए ।
अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले भनेर पनि नहुने भन्दै उनले निर्वाचन समितिले काँग्रेसको पार्टी महाधिवेशन समयमै गराउने दाबी गरे ।
प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताए । उनले अहिले पार्टी अधिवेशन आउँदै गरेकोले यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउन र हुँदै नभएमा स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउन निर्देशन दिए ।
अधिवेशनमा जित हार हुने भएकाले हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने भन्दै जित हारमा दुश्मनी नबढाउन आग्रह गरे । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे ।
त्यस्तै प्रधानमन्त्री देउवाले बेलायतमा मन्त्रीहरुले कोभिड विरुद्धको एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले यसअघि खोप लगाएका तथा लगाउन बाँकी सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया