राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा हैन साझा सूची बनाऔं: नारायणकाजी श्रेष्ठ

काठमाडौँ - माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूत सिफारिसमा कुनै पनि दलमा नलागेका देशभक्त र सक्षम व्यक्तिहरुलाई अवसर दिनुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत भएका श्रेष्ठले कम्तीमा राजदूत नियुक्ति गर्दा पार्टीहरुको भागबन्डाभन्दा पनि छुट्टै साझा सूची बनाउन सुझाव दिएका हुन् । 'पार्टीहरुले भागबन्डा गर्दा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ। त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ',उनले भने ।
आज (आइतबार) सामाजिक सञ्जाल ट्विटरमा लेख्दै श्रेष्ठले सरकार नै पिच्छे नियुक्त गरिएका राजदूत फिर्ता बोलाउनु राम्रो नभएको बताएका छन् । उनले भने, संविधान ,कानून र लोकतान्त्रिक मूल्यमान्यता विपरित नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ ,सबैलाई एकमुष्टरुपमा होइन ।' सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउँदा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बस्ने श्रेष्ठको तर्क छ । यस्ताे अवस्थामा पठाएका कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था आउने भन्दै श्रेष्ठले स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण नबन्ने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि केपी शर्मा ओलीको पालामा राजनीतिक व्यक्तिहरूबाट नियुक्त सबै राजदूतलाई फिर्ता बोलाएका थिए । त्यसपछि अमेरिका, भारत र बेलायतका लागि तीन जनालाई राजदूतमा सिफारिस गरिएको थियो । भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरिएको थियो । उनीहरूको संसदीय सुनुवाई प्रक्रिया सुरु भइसकेको छ ।
मेरो धारणा यस्तो थियो र रहेको छ।संविधान ,कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका , असक्षम र ब्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ ,सबैलाई एकमुष्टरुपमा होइन ।+
— NKShresthaPrakash (@nksthaprakash) November 7, 2021

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया