मंसिरदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै

काठमाडौँ - कोरियाले २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ ।
पछिल्लो समय कोभिड-१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो ।
कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका हुन् ।
लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार जान पाएका छैनन् । नेपाललगायत केही देशबाट रोजगारका लागि धेरै मात्रामा गए पनि विदेशी कामदारले प्रवेश नपाउँदा कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुँदै हुन थालेको छ ।
श्रम स्वीकृति प्राप्त गरी ६५ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन् । नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् ।
सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । नेपालबाट कोरियाले 'कमिटेड' भिसा भएका जना कामदारलाई लैजान सुरु गरिसकेको छ। यसअघि कोरियाले महामारीबीचमा पनि भियतनाम, मंगोलियालगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।

नजिकबाट नियालेको नेतृत्व

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रतिक्रिया