अरबमा एन्जेलिना जोली र सलमा हायकलाई प्रवेश निषेध !

अरब- मार्भलको नयाँ फिल्म ‘इटर्नल्स’ अरबमा प्रतिबन्धमा परेको छ । फिल्ममा समावेश समलिंगीसम्बन्धी दृश्यलाई काँटछाँट गर्न वितरक डिज्ने राजी नभएपछि फिल्म अरबका कुवेत, साउदी अरेबिया र कतारमा नचल्ने भएको हो ।
मार्भलको फिल्मका पहिलोपल्ट समलिंगी चरित्रलाई स्थान दिइएको छ र फिल्मको एक दृश्यमा उनीहरूलाई चुम्बन गरेको देखाइएको छ । अरबको चलचित्र जाँचपास समितिले यो दृश्य काटे मात्र फिल्म चलाउने दिने अनुमति दिने बताएका थियो जुन डिज्नेले नमानेपछि फिल्मको अरब प्रदर्शन असम्भव बनेको हो ।
फिल्म नोभेम्बर ११ देखि अरबका धेरै देशमा प्रदर्शनका लागि चाँजोपाँजो मिलाइएको थियो । कुवेत, कतार र साउदी अरेबियाले फिल्म चलाउन अस्वीकार गरे पनि संयुक्त अरब इमिरेट्समा भने यो फिल्म नोभेम्बर ११ मा नै प्रदर्शनमा आउनेछ ।
अस्कर अवार्ड विजेता निर्देशक क्लोई झाओको निर्देशन रहेको फिल्मले हलिउडका ठूला स्टारको भिड छ । तर यो फिल्मले न मार्भलको फिल्म जस्तो न क्लोई झाओको फिल्म जस्तो भन्दै समीक्षकबाट नराम्रो प्रतिक्रिया पाएको छ ।
फिल्मलाई मार्भलको झुर फिल्मको सूचीमा अगाडि रहेका ‘थोर’ र ‘ब्ल्याक विडो’ भन्दा पनि कमजोर फिल्मको रुपमा लिइएको छ । फिल्ममा रिचार्ड मेडन, सलमा हायक, एन्जेलिना जोली, जेम्मा चान आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा रहेको समलिंगी चरित्रलाई लिएर फिल्मको आलोचना भएपछि एन्जेलिना जोलीले २१ औँ शताब्दीमा पनि यो कुरालाई विरोध हुनु दुःखद भएको बताएकी छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया