न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौँ - न्युजिल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार अफगानिस्तानलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन र डेभोन कोनवेले ३५ रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए।
न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल पुग्ने सपना चक्नाचुर भएको छ। भारत समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया