प्रदेश २ सरकार परिवर्तन नहुने !

जनकपुरधाम - प्रदेश २ मा सरकार परिवर्नत नहुने गठबन्धनमा आवद्ध दलका नेताहरूले स्पष्ट पारेका छन्। मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् फेरबदल हुने चर्चाकाबीच नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता शत्रुध्न महतोले प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना नरहेको बताए । एकीकृत समाजवादी सरकारमा सहभागी नभएको भए पनि प्रदेश २ सरकार परिवर्तन नहुने उनले बताए ।
'प्रदेश २ मा सबैभन्दा बढी सीट जनता समाजवादी पार्टीसँग छ । जसपा बाहेक हामी गठबन्धन दल चाहेर पनि सरकार बनाउन सक्ने सीट पर्याउन सक्दैनौँ' आइतबार इकागजसँग उनले भने, 'गठबन्धन भित्रका कुनै दलले चाहेर पनि परिवर्तन गर्न सक्ने सम्भावना छैन । मन्त्रालयको जिम्मेवारी हेरफेर गरेर समायोजन गर्ने तयारL भइरहेको छ ।'
हालसम्म नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको छैन । समाजवादी पनि सरकारमा सहभागी हुने तयारीमा छ । तर, मन्त्रालयको भागवण्डाका विषयमा कुरा नमिल्दा सहभागी हुने ढिलाइ भएको छ । छठपछि आफूहरू सरकारमा सहभागी हुने महतोले बताए । समाजवादीलाई प्रदेश मामिला, न्याय तथा कानुन र उद्योग, पर्यटन तथा वाणिज्य मन्त्रालयमा सहमति जनाउन सरकार नेतृत्वकर्ता दल जसपाले भन्दै आएका छन् । तर आफूले समाजिक विकास मन्त्रालय र अर्थमन्त्रालय माग गरेको उनले बताए ।
प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले पनि सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए । तर, मन्त्रिपरिषद् पुनर्गठन भने हुनसक्ने उनको भनाइ छ ।
प्रदेश २मा जसपाबाहेक कांग्रेससँग १९, नेकपा एसको १३ र माओवादी केन्द्रसँग ८ गरी कूल ४० सिट छ । जबकि सरकार बनाउन कम्तिमा ५३ सांसद चाहिन्छ । जसपाको मात्रै ३८ वटा सिट भएका कारण प्रतिपक्षी लोसपालाई मिलाएर अघि बढे नयाँ सरकार बनाउन सकिन्छ । तर केन्द्रीय तहमा उनीहरूको एमालेसँग छुट्टै गठबन्धन भएको कारण प्रदेशमा मिलाउन सम्भव नभएको जसपा नेतृत्वको सरकारलाई परिवर्तन गर्ने सम्भावना छैन ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया