प्रदेश सभा २ को चौथो अधिवेशन मंगलवारदेखि अन्त्य हुने

जनकपुरधाम : प्रदेश २ प्रदेश सभाको चौथो अधिवेशन मंगलवारदेखि अन्त्य हुने भएको छ । प्रदेश सभा सचिवालयले सोमवार सूचना जारी कात्तिक २ गतेको मन्त्रिपरिषदको भएको निर्णय अनुसार मंगलवार राति १२ बजेदेखि चौथो अधिवेशन अन्त्य हुने जनाएको छ ।
मन्त्रिपरिषदको निर्णय बमोजिम चौथो अधिवेशन अन्त्य गर्न सिफारिस भए अनुसार प्रदेश प्रमुख तिलक परिवारबाट नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन मंगलवार राति १२ बजेदेखि अन्त्य हुने घोषणा भएको सूचनामा उल्लेख छ ।
पाँचौ अधिवेशन प्रदेश प्रमुखबाट निर्देशन आए बमोजिम हुने प्रदेश सभा सचिवालयले सूचनामा उल्लेख गरेको छ । २०७७ जेठ २१ गतेदेखि चौथो अधिवेशन शुरु भएको थियो । चौथो शुरु भएकै दिन आर्थिक विनियोजन विधेयक छलफलका लागि सभामा प्रस्तुत गरिएको थियो ।

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

लहानमा बेच्न राखिएका आँप विषादीरहित

प्रतिक्रिया