आइसिसी टी-ट्वान्टी : समूह विजेता बन्यो पाकिस्तान, अष्ट्रेलियासँग सेमिफाइनल भिड्ने
काठमाडौँ- स्कटल्याण्डलाई पराजित गर्दै पाकिस्तान आइसिसी टी-ट्वान्टी विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।
आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।
अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।
जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले सर्वाधिक ५४ रनमा अविजित रहे ।
यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रनको योगदान दिए । शोइब मलिक ५४ रनमा अविजित रहे ।
सुपर १२ को समूह-२ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४ जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया